Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनोजको मोदी अवतार - Himalkhabar.com

रमझमसोमबार, आश्विन २७, २०७१

मनोजको मोदी अवतार

हिमालखबर

mo

बेलायतको मञ्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेका मनोज साथमा मोदीका नेपाली धर्मपुत्र जीतबहादुर बनेका कलाकार ।

एमाले नेता माधव नेपाल, माओवादी नेता पुष्पकमल दाहाल, पूर्वराजा ज्ञानेन्द्र लगायतको क्यारिकेचर गरेर चर्चित बनेका मनोज गजुरेल अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवतारमा देश–विदेशमा छाइरहेका छन् ।

गएको गाईजात्रा महोत्सवमा मोदी बनेर नेपालमा दर्शक हँसाएका उनलाई विदेशमा पनि यो अवतार फापेको छ ।

“डेढ महिने बेलायत बसाइमा गोर्खा सैनिकका ब्यारेक लगायत विभिन्न शहरका एक दर्जन मञ्चमा प्रस्तुत भइसकें”, मनोज भन्छन्, “मेरो मोदी अवतारलाई दर्शकले खुब मन पराएका छन् ।”
बेलायतमा बीबीसी रेडियोको हिन्दी सेवा र अनलाइनले ‘मनोज मोदी’को अन्तर्वाता प्रसारण÷प्रकाशन गरेका छन् । मोदी अवतारका कारण बेलायतमा रहेका भारतीयहरू पनि उनको दर्शक बनिरहेका छन् ।

लण्डनको प्ले माउथमा २० असोजमा भएको उनको कार्यक्रममा बेलायतको लेवर पार्टीबाट सांसद् रहेका भारतीय मूलका चाँज सिंह पनि दर्शक थिए । तिहारमा नेपाल फर्कनुअघि पाँचवटा कार्यक्रम तय हुनुले बेलायतमा मनोज कति व्यस्त छन् भन्ने देखाउँछ ।

अफ्रिका बाहेक नेपाली पुगेका विश्वका अधिकांश देशमा कला प्रस्तुत गरिसकेका मनोजको यो देस्रो बेलायत टूर हो । हाँस्य–व्यंग्यको माध्यमबाट गहन राजनीतिक–सामाजिक सन्देश दिन माहिर मनोजले यसपटक ‘मोदी अवतार’ विल्कुलै भिन्न चरित्रमा आधारित भएकोले दर्शकले विषेश रूपमा लिएको अनुभव गरेका छन् ।

भारतीय प्रम मोदीको नेपाल भ्रमण र नेपाली सदनमा उनको सम्बोधनपछि मनोजले मोदीको क्यारिकेचर थालेका थिए । यो अवतारले उनलाई भारतीय दर्शक पनि दियो । “बाहिरिया व्यक्तित्व भएकोले मोदीको नक्कल उतार्न ज्ञानेन्द्र, प्रचण्डको भन्दा गाह्रो हुने नै भयो”, मजोज भन्छन्, “त्यसमाथि उनको मानमर्दन नहोस् भनेर होसियारी पनि गर्नै प-यो ।”

उनले मोदी पात्र मार्फत नेपाली राजनीतिक विसंगति, देश र बाहिरको नेपाली समाजमाथि व्यंग्य कसिरहेका छन् । बेलायतका कार्यक्रमहरूमा उनले नेपालीमा देखिएको नेपाली भाषा–संस्कृतिप्रतिको हेलचेक्र्याइँमाथि पनि प्रहार गर्न भ्याइरहेका छन् ।

सिस्नोपानी नेपालमा आवद्ध मनोज कुनै बेला आफैं राजनीतिक नेता बन्न चाहन्थे । सकारात्मक सोच र आशावादका पक्षपाती रहेका उनी परिवर्तन र देश विकासको माध्यम राजनीति नै भएकाले नेताहरूलाई गाली मात्रै गर्दैनन् ।

“देश बनाउने राजनीति र नेताहरूले नै हो”, आफना प्रस्तुतिमा नेतालाई सुध्रने सल्लाह दिन नबिर्सने उनी भन्छन्, “दुई–चार राम्रा नेता आइदिए देश बन्न बेर लाग्दैन ।”

अनुशील श्रेष्ठ, लण्डनमा

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>