थप समाचारमंगलबार, आश्विन २८, २०७१
बाढी पीडितलाई तिहारको पिरलो
उनी भन्छिन्, ‘‘दशैं मनमा मनाऔं, तिहार नआए हुन्थ्यो ?’’
शाहीजस्तै तिहारको पिरलोमा पर्नेहरु त्यहाँ झण्डै १२ हजारको संख्यामा छन् । जसको घरबार गत २९ साउनमा आएको बाढीले बगाएर लग्यो । दुई महीनादेखि अस्थायी शिविरमा पाल टाँगेर बसिरहेका यी विस्थापितहरुले दशैंमा पनि राहत पाएनन् ।
शाही भन्छिन्, ‘‘सरकारले दशैं खर्च दिने भनेको समाचार सुन्यौं, तर पाएनौं ।’’ सुर्खेतमा बाढीले एक सय २५ जनाको ज्यान लिएको थियो । ‘‘मर्ने मरिहाले बाँच्नेलाई सास्ती भो’’ शाही भन्छिन् । उनी थोरै खर्च भएपनि जसोतसो तिहार मान्ने योजना सुनाउँछिन् ।
बाढीपहिरोले सुर्खेतमा पूर्ण विस्थापित बनेका एक हजार ४ सय ९ र आंशिक विस्थापित बनेका एक हजार ३ सय ३६ परिवारका झण्डै १२ हजार जना छन् । उनीहरू २४ वटा शिविर बनाएर बसिरहेका छन् ।
सरकारले ढिलो निकासा गरेकाले दशैंमा खर्च दिन नसकिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । उनले तिहारमा समस्या हुन नदिने बताएपनि विस्थापितहरु विश्वास गर्दैनन् । ‘‘राष्ट्रपति आएर फर्कदा त केही पाएनौं, सिडिओले भनेको कसरी विश्वास गर्नु ?’’ विक भन्छन् । विस्थापितहरुको दशैंअघि राष्ट्रपति डा.रामवरण यादवले निरीक्षण गरेका थिए ।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले पीडित परिवारलाई तीन हजारका दरले दशैं अघि नै राहत दिने भनेपनि अहिलेसम्म सुर्खेतमा वितरण भएको छैन । सुर्खेतको जस्तै बर्दियाका पीडितहरुले पनि राहत पाएका छैनन् । त्यहाँ ३० साउनमा आएको बाढीले ५० जनाको ज्यान लिएको थियो ।
भावुक योगी, सुर्खेत
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
