Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल कुवेतसँग पराजित - Himalkhabar.com

खेलकुदशनिबार, आश्विन २०, २०६९

नेपाल कुवेतसँग पराजित

हिमालखबर

पहिलो ब्याटिङ् रोजेर कुबेत सामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको नेपालको बलिङ् पक्ष कमजोर हुँदा नेपाल कुवेतसँग पहिलो पटक हारेको हो । नेपालको कमजोर मानिएको ब्याटिङ् पक्ष कुवेत विरुद्ध सशक्त देखिए पनि बलियो मानिएको बलिङ् र फिल्डिङ्मा नेपाल जम्न सकेन ।

कुबेती ब्याट्सम्यान कासिफ सरिफ र सिब्टेन राजा बीचको चौथो विकेटका लागि भएको ११३ रनको साझेदारी तोड्न नसक्नु नेपालका लागि निकै महंगो सावित भयो ।

पहिलो ओवरदेखि नै नेपाली बलरमाथि हावी भएका कुवेती ब्याट्सम्यानले अन्तिमसम्म पनि विष्फोटक ब्याटिङ् जारी नै राखे । कुवेतले २२ बल बाँकी छँदै ६ विकेटको क्षतिमा २८५ रन बनायो र पहिलो पटक नेपाललाई पराजित गर्न सफल भयो ।

पहिलो विकेटका लागि ९२ रनको गतिलो साझेदारी गरेपछि कुवेतको रन रेट ६ भन्दा तल झरेन । उसका निम्ती सिब्टेन राजाले ७७, कासिफ सरिफले ५९, अवित मुस्ताखले ५४ र इरफान भाटीले ४७ रनको ठोस योगदान दिए ।

पहिलो पटक वान डे क्रिकेटमा शतक प्रहार गरेका नेपाली कप्तान पारस खड्काले १० ओवरमा ६४ रन दिएर दुई विकेट लिए पनि त्यो जितका निम्ति पर्याप्त भएन । नेपालकालागि शक्ति गौचनले २ र प्रदीप ऐरीले १ विकेट लिए । यो हारसँगै नेपालका लागि अघिल्लो चरणमा प्रवेश कठिन बनेको छ ।

नेपालद्वारा कुवेतसामु २८१ रनको लक्ष्य प्रस्तुत, कप्तान खड्काको आक्रामक शतक
युएइमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा नेपालले कुवेतसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओवरमा ४ विकेट गुमाउँदै २८० रनको उच्च योगफल तयार पारेको हो । कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै अविजित १०६ रन बनाए । उनले ७७ बलमा ४ छक्का र ७ चौका प्रहार गरे ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ५३, सुवास खकुरेलले ४५ र अनिल मण्डलले १९ रनको योगदान गरे भने पृथु बास्कोटाले १८ बलमा अविजित ३७ रनको योगदान दिए ।

४३ ओवर १ बलमा ४ विकेट गुमाएर २०२ रन बनाएको नेपाललाई कप्तान खड्का र बास्कोटाले ७ ओवरमा थप ७८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरमा पुरयाएका छन् । नेपालले आजसम्मको सबै प्रतियोगितामा कुवेतलाई पराजित गर्दै आएको छ ।

समूह चरणको पहिलो खेलमा नेपालले आफूभन्दा बलियो मानिएको युएइलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>