थप समाचारबुधबार, आश्विन २९, २०७१

१५ गाविस कार्यालय एउटै सचिवको झोलामा

हिमालखबर

Solukhumbu_district_locationलोखिम गाविसका सचिव रोजन खत्रीले जुभिङ, बासालगायत १५ वटा गाविसको काम गर्दै आएका छन् । यस्तै, नेचाबेतासे गाविसका सचिव ख्यामहादुर खतिवडाले सल्लेरी, नेचाबेतघारी, काँगेललगायतका १३ वटा गाविसको नियमित काम गर्दै आएका छन् ।

नागरिकताको सिफारिस, पञ्जीकरणसम्बन्धी कामलगायत अन्य सिफारिसका काम आउने गरेको गाविस सचिव ख्यामराज खतिवडाले बताए । अधिकांश गाविस सचिव तिहार मनाएर मात्र जिल्लामा फर्कने भएकाले एकै व्यक्तिले दर्जनभन्दा बढी गाविसको कार्यभार सम्हालिरहनुपरेको हो ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...