रमझमशनिबार, आश्विन २०, २०६९

साहित्यकार वानीरा गिरीलाई ‘विश्व नारी रत्न’को उपाधि

हिमालखबर

२० असोजमा नयाँ बानेश्वरस्थित वानीरा गिरीको निवासमा त्रिमुर्ती निकेतनका सदस्य तथा साहित्यकारहरुको उपस्थितीमा गिरीलाई 'विश्व नारी रत्न'को उपाधिको घोषणा गरिदै । तस्बीर: अनुशील/हिमालखबर

२० असोजमा 'विश्व नारी रत्न'को घोषणापछि गिरीलाई माला र खादा लगाईदिदै। । तस्बीर: अनुशील/हिमालखबर

२० असोजमा विश्व नारी रत्नको घोषणापछि डा. वानीरा गिरी। । तस्बीर: अनुशील/हिमालखबर

त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपालीभाषाको श्रीवृद्धिका लागि आधा शताब्दीदेखि निरन्तर साधनारत डा.गिरीलाई देशदेशान्तरमा नेपाली साहित्यको गरिमा र महिमा फिंजाएवापत सो उपाधि प्रदान गर्ने निर्णय भएको बताए । उक्त उपाधिका साथमा ताम्रपत्र सहित दुई लाख पचास हजार रुपियाँ राशि रहने छ ।

नेपाली साहित्यको ‘विश्व नारी रत्न’को प्रयोग भने २० असोजबाटै गर्ने विश्व नारी नेपाली साहित्य सम्मेलनले निर्णय गरेको छ । साथै ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ सन् २०१३ का अवसरमा नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा ‘विश्व नारी रत्न वानीरा गिरी’ नामक अभिनन्दन ग्रन्थ पनि प्रकाशन गरिने भएको जनाएको छ ।

२० असोजमा नयाँ बानेश्वरस्थित वानीरा गिरीको निवासमै त्रिमुर्ती निकेतनका सदस्य तथा साहित्यकारहरुको उपस्थितीमा साहित्यकार गिरीलाई विश्व नारी रत्नको उपाधिको घोषणा गरिएको थियो । सो अवसरमा उपस्थित सबैले गिरीलाई बधाई तथा शुभकामना सहित माला र खादा लगाईदिएका थिए ।

२० असोजमा 'विश्व नारी रत्न'को घोषणापछि तस्बीर खिचाउँर्दै। । तस्बीर: अनुशील/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>