थप समाचारबुधबार, आश्विन २९, २०७१

नेपाल र भारतका लोकसंस्कृति अध्येताहरु दाङमा

हिमालखबर

fffa२९ असोजबाट सुरु भएको चार दिने गोष्ठीको उत्तराखण्ड भारतकापूर्व मूख्यमन्त्री भगतसिंह कोस्यारीले उद्घाटन गरे ।

गोष्ठीमा नेपालको मेचीदेखि महाकाली र भारतका दिल्ली, देहरादून, नैनीताल सम्मका प्राज्ञिक एवं अनुसन्धानात्मक क्षेत्रमा संलग्न पाँच दर्जनभन्दा भन्दा बढी लोकवार्ताविद्हरूले अनेकौं जाति, भाषा, इतिहास, पुरातत्व, लोकसाहित्य र संस्कृतिसित सम्बद्ध विषयमा पाँच दर्जन भन्दा बढी संगोष्ठीपत्र प्रस्तुत गर्नेछन् ।

गोष्ठीको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री कोस्यारीले आफ्नो लोक संस्कृति नै देशलाई चिनाउने आधार भएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । लोकवार्तामार्फत् कला, संस्कृती, भाषा बचाउने अभियानमा सबै लाग्नुपर्ने उनको भनाइ छ ।

लोक संस्कृति, इतिहास, पुरातत्व, लोकसाहित्य र लोकजीवनले विकास गरेका प्रविधि एवं लोककलाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ देखि नेपाल र भारतका लोकवार्ताविद्वहरूको संयुक्त पहलमा नेपाल र भारतका विभिन्न स्थनाहरूमा यो गोष्ठीको आयोजना गरिदै आएको छ ।

गोष्ठीको आयोजनाले लोकवार्ताभित्रका विषयवस्तुहरूको पहिचान, त्यसभित्रको तत्वज्ञान र संरक्षण भई लोकजीवनको ज्ञान र जीवनशैली अक्षुण्ण हुने गोष्ठी मूल आयोजक समितिका संयोजक तथा संस्कृतिविद्व डा. गोविन्द आचार्यले बताए ।

देविका घर्ती मगर, घोराही

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>