थप समाचारबुधबार, आश्विन २९, २०७१
चीनमा आठ करोड भन्दा बढी गरिब
१५ अक्टोबर (२९ असोज)मा बेइजिङमा सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार चीनका ८ करोड २० लाखभन्दा बढी नागरिकले अहिले पनि हरेक दिन एक अमेरिकी डलरभन्दा पनि कम आय गर्ने गरेका छन् ।
एक दशक लामो सकारात्मक प्रयासबाट विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा अहिले पनि गरिबीको समस्या ठूलो रहेको यो तथ्याङ्कले देखाएको छ । चीनको गरिबी मापनको मापदण्ड वर्षमा दुई हजार ३०० युआन (३७५ डलर) कमाउनु हो ।
विश्वव्यापी मापदण्डमा प्रत्येक दिन कम्तीमा अमेरिकी एक डलर आम्दानी गर्न नसक्ने व्यक्तिलाई गरिब मानिन्छ । चिनियाँ विकास अधिकारी जेङ वेन्काईले दिएको जानकारी अनुसार चीनले विश्वव्यापकी मापदण्डअनुसार मापन गर्ने हो भने गरिबीको रेखामुनि रहेका नागरिकको सङ्ख्या करिब २० करोड पुग्ने छ । रासस/एएफपी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
