थप समाचारबिहीबार, आश्विन ३०, २०७१

२० केजी चाँदीसहित किशोर पक्राउ

हिमालखबर

silverधनुषाको लग्मा गेढागुठी–९ का १६ वर्षीय राजुकुमार साह २० केजी चाँदीसहित जिल्लाको नगराइनबाट पक्राउ परेका छन् ।

२९ असोज साँझ नगराइन–३ बाट ना ३ प ७३० नम्बरको मोटरसाईकलमा चाँदी बोकेर भारततर्फ जाँदै गर्दा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीम सुरक्षा कार्यालय धनुषाले जनाएको छ ।

प्लाष्टिकको ब्यागभित्र चाँदीको २० केजी मसिनो दाना थैलोमा राखिएको अवस्थामा पक्राउ परेको हो ।

अनुमानित रु १३ लाख बराबरको चाँदीसहित साह र उनी चढेको मोटरसाईकल राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।

साहले जनकपुरका प्रदीपले दिएको चाँदी भारत जयनगरको एक व्यापारीसम्म पुर्‍याउन जान लागेको प्रहरीलाई बयान दिएका छन् ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>