थप समाचारशुक्रबार, आश्विन ३१, २०७१
अस्पतालबाट भिडियो एक्स–रे मेशिन गायब
जिल्ला अस्पताल कलैयाको आकस्मिक कक्षसँगै जोडिएर रहेको कोठामा रहेको भिडियो एक्सरे मेशिन चोरी भएको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु. ९ लाख ११ हजार पर्ने मेशिन चिकित्सक/प्राविधिकको अभाव भएको भन्दै प्रयोगमा ल्याइएको थिएन ।
एक्सरे गर्ने कोठाको छेउको कोठामा रहेको भिडियो एक्सरे मेशिन राखिएको कोठाको ढोकामा ताल्चा नभएकोे एक्सरे शाखाका सहायक रत्नाकर चौधरीले बताए ।
अस्पतालमा भएको मेशिन चोरीका बारेमा प्रशासन प्रमुख तथा स्टोरका इन्चार्ज झमकनारायण घलानले कसैले ताल्चा खोलेर मेशिन चोरी गरेको हुनसक्ने भन्दै पन्छिए ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
