थप समाचारशुक्रबार, आश्विन ३१, २०७१
देउसी भैलो साँझ सात बजेसम्म मात्र खेल्न पाइने
तिहारका बेला देउसी भैलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दा अवाञ्चित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भन्दै गृहमन्त्रालयले देउसी भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरु बेलुकी ७ बजेसम्म मात्र गर्न अनुरोध गरेको छ ।
त्यसैगरी तिहार र छठ जस्ता पर्वहरुमा भूइँचम्पा, पटाका र आतसवाजीजस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न पनि गृहमन्त्रालयले भनेको छ ।
पटाखा र आतिसबाजीबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने, चोकपटक लाग्ने तथा आगलागी हुनसक्ने भएकाले त्यस्ता विस्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात, विक्री वितरण, परिवहन तथा प्रयोग नगर्न र आ–आफ्ना बालबच्चालाई भूइँचम्पा, पटाका र आतसवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्न नदिन गृह मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
कसैले यस विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
