खेलकुदशुक्रबार, आश्विन ३१, २०७१
कराते खेलाडी बिमलालाई रु १० लाखसहित सम्मान
दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एशियाली खेलकुदमा कास्यपदक विजेता कराते खेलाडी बिमला तामाङलाई सरकारले १० लाख रुपैयाँसहित सम्मान गरेको छ। नेपालका तर्फबाट बिमलाले मात्र पदक जितेकी हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ३१ असोजमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विमलालाई १० लाख रुपैयाँसहित सम्मानित गरेका हुन्।
कार्यक्रममा बिमलाका प्रशिक्षक ध्रुवविक्रम मल्ल र नेपाल कराँते महासंघका अध्यक्ष सुरेन्द्रवविक्रम लाखेलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले अन्य मुलुकको तुलनामा नेपाली खेलाडीलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न नसकेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
