थप समाचारशनिबार, कार्तिक १, २०७१
चीन नेपाल सीमा अपराधविरुद्ध संयुक्त रूपमा लड्ने
चिनियाँ सुरक्षा प्रमुख मेङ जियानझुले नेपालका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसँगको भेटपछि यस्तो बताएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक तथा कानुनी मामिलासम्बन्धी परिषद्का प्रमुख समेत रहेका मेङले चीन र नेपालका बीचमा असल सम्बन्ध र दरिलो साझेदारी रहेको भन्दै चीनले नेपालसँग एक व्यवहारिक छिमेकीको सम्बन्ध राखिरहेको पनि बताए ।
उनले दुई देशको सीमा क्षेत्रमा हुनसक्ने अपराधसम्बन्धी क्रियाकलापलाई कमगर्न दुवै देशका कानुन कार्यान्वयनसम्बन्धी निकायले आपसमा मिलेर काम गर्ने र प्रभावकारी रूपमा समन्वय गर्ने पनि बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
