रमझमशनिबार, कार्तिक १, २०७१
‘कालो पोथी’को छायांकन सुरु
शून्य फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथावस्तुले छायांकन हुनु अगाडि नै भिजन सुथ इस्ट सिनेमा फन्ड स्विट्जरल्यान्डबाट ५५ लाख र वर्ल्ड सिनेमा फन्डबाट ३९ लाख पुरस्कार पाइसकेकेो छ।
छायांकनमा मात्रै लगभग एक वर्ष लाग्ने अनुमान गरिएको यो चलचित्रमा स्थानीय र जिल्लाबाहिरका गरी दुई सय कलाकारले अभिनय गर्ने चलचित्रका लेखक तथा निर्देशक मीनबहादुर भामले बताए।
चलचित्र छायांकन गर्नुभन्दा चार महीनापहिले कलाकार र निर्माण टोली स्थानीय भाषा, संस्कृति र स्थलगत अध्ययन गर्न मुगु पुगेको थियो।
अध्ययनपछि छायांकन सुरु गरिएको भामले बताए । चलचित्रमा सदरमुकामसँग जोडिएको कार्कीवाडा गाविस र जिल्लाको पूर्वी करान क्षेत्रमा पर्ने किम्री गाविसका बालबालिकाको कथावस्तु चलचित्रमा समेटिएको छ।
चलचित्रको छायांकन पनि यी दुई गाविसमै हुनेछ।
निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्र ‘कालो पोथी’मा एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ । चलचित्र छायांकनका लागि नायिका बेनिशा हमाल निर्माण सूहका साथ दसैं अघि नै मुगु प्रस्थान गरेकी छन्।
अन्नपूर्णपोष्ट दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
