थप समाचारशनिबार, कार्तिक १, २०७१

धामीको भर पर्दा रेविजले १३ को मृत्यु

हिमालखबर

dog-biteजाजरकोटको मजकोटका हरिबहादुर शाहीले दिएको जानकारीअनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा १३ जनाको ज्यान गएको छ ।

बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ ।

अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । धामीको झारफुकबाट निको नभएपछि अहिले भने स्थानीयहरु अस्पतालमा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भने, “धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुप¥यो त्यसैले कुकुरले टोकेपछि म अस्पताल आएँ ।”

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ । यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि ६ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...