Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गंगामायाले अनशन तोडिन, न्यायको संघर्ष नछोड्ने - Himalkhabar.com

थप समाचारशनिबार, कार्तिक १, २०७१

गंगामायाले अनशन तोडिन, न्यायको संघर्ष नछोड्ने

हिमालखबर

gangaआफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा बसेकी गंगामाया अधिकारीले १ कात्तिक राति ३५९औं दिनमा अनसन तोडेकी छन् । अनशन तोडे पनि उनले हर्लिक्स, ग्लुकोज, जीवनजल जस्ता झोल पदार्थमात्र पिउने बताएकी छन् ।

गंगामायाका पति नन्दप्रसादको भने अनशनमा रहेकै बेला गत ६ असोजमा ३३४ औं दिनमा निधन भइसकेको छ । उनको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

कानून मन्त्री नरहरी आचार्यले राती साढे ९ बजे चम्चाबाट हर्लिक्स खुवाएर ग‌गामायाको अनसन तोडाएका हुन् ।

आफ्ना माग पूरा नभएसम्म अनाज सेवन नगर्ने गंगामायाले अडान राखेको उनको स्याहारमा संलग्न अधिकारकर्मी रसना ढकालले जानकारी दिइन् ।

मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलका अनुसार गंगामायाले प्राण जोगाएर छोराका हत्यारालाई कारबाही गराउन संघर्ष गर्ने बताएकी छन् ।

सरकारले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीलाई अदालतमा उपस्थित गराउने प्रतिवद्धता जनाएको छ ।

अनसन तोडाएपछि शान्ति मन्त्रालयका कामु सचिव खुमराज पुञ्जालीले हस्ताक्षर गरेको पत्र गंगामायलाई दिइएको छ। पत्रमा अधिकारीको न्यायप्राप्तीको लडाईं अब सरकारले गर्ने, स्वदेश र विदेशमा रहेका अपराधीलाई पक्राउ गरेर कारबाही गर्ने, परिवारको उपचार र खानेबस्ने व्यवस्था गर्ने उल्लेख छ ।

सरकारले गंगामाया र उनका जेठा छोरा नुरप्रसादलई सुरक्षा दिने, विशेष राहत दिने, उपचार तथा खानेवस्ने खर्च दिने प्रतिबद्धता समेत जनाएको छ ।

मन्त्री आचार्यले सरकारले नन्दप्रसादको दाहसंस्कार र काजक्रियाका लागि आवश्यक प्रवन्ध गर्ने र सरकारका प्रतिनिधिले अन्तिम श्रद्धान्जली दिने भनेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>