थप समाचारआइतबार, कार्तिक २, २०७१

अरिङ्गालले टोकेर एकै परिवारका ३ को मृत्यु

हिमालखबर

काउलेगौडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीष पुरीलाई अरिंगालले टोकेपछि उपचारका क्रममा १ कात्तिक साँझ मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरनजिकैको जङ्गलमा दिउँसो घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई राति नै बेनी ल्याइएको र आइतबार आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>