थप समाचारआइतबार, कार्तिक २, २०७१

खुम्बु क्षेत्रमा उद्दार टोली

हिमालखबर

खुम्बु क्षेत्रमा ट्रेकिङको मौसम अवधिभर उद्दारका लागि टोली गठन भएको हो । सगरमाथा सेवा समाज नाम्चे सोलुखुम्बुको अगुवाईमा सात सदस्यीय उद्दार टोली गठन भएको छ ।

टोलीको संयोजक गेलबहादुर थापा मगर छन् । उनले ट्रेकिङ भरिया तथा पर्यटकलाई उचाइमा कुनै समस्या देखिएमा तत्कालै उद्धार गरी उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ टोली गठन गरिएको बताए ।

टोलीले खुम्बुमा ट्रेकिङ मौसमभर चौंरीखर्क गाविसको लुक्लादेखि नाम्चे र खुम्जुङ गाविसको विभिन्न क्षेत्रमा निरन्तर रुपमा सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...