अर्थ/बजारआइतबार, कार्तिक २, २०७१
बजेट पारित
व्यवस्थापिका–संसद्को २ कात्तिकको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बीसौँ संशोधन) विधेयक, २०७१ पारित भएसँगै सरकारले प्रस्तुत गरेको बजेट अनुमोदन भएको हो ।
अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेका ती दुवै विधेयकलाई सांसदहरुले ध्वनि मतका आधारमा बहुमतले पारित गरेका थिए ।
यसअघि, व्यवस्थापिका–संसद्को गत २७ र २८ असोजको बैठकमा विनियोजन विधेयक, २०७१ र आर्थिक विधेयक, २०७१ लाई बहुमतले पारित गरेको थियो । यी चारवटा विधेयक पारित भएपछि बजेट पारित भएको मानिन्छ ।
अर्थमन्त्री डा. रामशरण महतले गत २९ असारमा व्यवस्थापिका–संसद्को विशेष बैठकमा चालु आर्थिक वर्ष २०७१/७२ का लागि रु छ खर्र्ब १८ अर्ब १० करोडको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
एमाओवादी लगायतका प्रतिपक्षी दलहरुले संसद्को बैठक अवरुद्ध तुल्याएपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफल लामो समयसम्म प्रभावित भएको थियो ।
बजेट पारित गर्ने दिन संसद्को बैठकमा सांसदहरु प्रायः सबै उपस्थिति हुने परम्परा भए पनि आज बजेट पारित हुँदा त्यो अवस्था देखिँदैन्थ्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
