अन्तर्वार्ता/विचारआइतबार, कार्तिक २, २०७१

‘भाईटीकामा आठ लाख माला चाहिन्छ’

हिमालखबर

Kumar kasaju shresthaनेपालको फूल संस्कृतिमा के कस्ता परिवर्तन आएको छ ?

पुजाआजामा सीमित फूलको प्रयोगमा अहिले व्यापकता आएको छ । स्वागत, विदाई, बधाई ज्ञापन आदिमा फूल प्रयोग हुनथालेको छ । बाथरुम, डाईनिङ टेबलमा फूल राख्ने चलन शुरु भएको छ । स्वास्थ्य र मनोरञ्जनका लागि बगैंचामा फूल लगाउनेहरू पनि बढेका छन् ।

फूल व्यावसायको अवस्था कस्तो छ ?

माग बढेपछि व्यावसाय राम्रो हुने नै भयो । पछिल्लो १०–१२ वर्षमा पुष्प व्यावसायीहरू पैदलबाट साईकल, साईकलबाट मोटरसाईकल र मोटरसाईकलबाट गाडीमा उक्लिएका छन् । फ्लोरी कल्चर एसोसियसनमै ६४० कम्पनी सदस्य छन् । तर, विद्युत, पूर्वाधार, लगानीको अभाव यसक्षेत्रका चुनौति हुन ।

पुष्प मेलाहरुले पूmल संस्कृतिमा कस्तो प्रभाव पार्छन् ?

प्रदर्शनीको मुल उद्धेश्य फूल प्रयोगकर्ताको रुचि जान्नु हो । यस्ता मेलाले फूलप्रति आकर्षण बढाउने तथा प्रयोगकर्ताको जिज्ञासा समाधान गर्ने गर्दछन् ।

तिहारमा कति फूल आयात हुन्छ ?

गतवर्ष भाईटिकाको दिन साढे पाँच लाख माला खपत भएको थियो । यसपटक काठमाडौंका लागि आठ लाख जति माला चाहिन्छ । त्यसमध्ये दुई लाख आयात गर्नुपर्छ ।

फुलमा अझै किन आत्मनिर्भर हुन नसकिएको हो ?

उत्पादनसँगै माग पनि बढ्दै गएको छ । तर, भाईटीकामा एकै दिन धेरै माला चाहिने भएकाले पु¥याउन नसकिएको हो । फूल नफूल्ने बेलामा विवाहको लगन पर्ने भएकाले पनि माग र आपूर्तिको तालमेल मिलाउन गाह्रो भएको छ  । आत्मनिर्भरताका  लागि उच्च प्रविधिमा जानु आवश्यक छ तर, त्यसका लागि सरकारको सहयोग आवश्यक छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...