थप समाचारआइतबार, कार्तिक २, २०७१
आगलागीमा दुईको मृत्यु
सोलुखुम्बुको गोराखानी–८ लाप्चामा २ कात्तिकमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको हो । पुषबहादुर तामाङको घरमा लागेको आगलागीमा परी उनका नौ वर्षीय नाति पुर्णबहादुर र पाँच वर्षीया नातिनी पासाङ ल्हामुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा अभिभावक कोही नभएको बेला आगो लागेको थियो । छिमेकीले अन्य ३ बालबालिकाको भने उद्दार गरेका थिए ।
आगोले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण यकिन भई नसकेको प्रहरीले जनाएको छ ।
बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए । स्थानीय र प्रहरीको प्रयासमा पाँच घण्टामा आगो नियन्त्रणमा आएको थियो ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
