थप समाचारआइतबार, कार्तिक २, २०७१

घण्टाघरबाट खसेर नवविवाहिताकोे मृत्यु

हिमालखबर

durghatana२ कात्तिक मध्याह्न करिब सवा १२ बजे मोरङको हरैचा–९ की २१ बर्षीया हेमन्ती मगरकोे धरानको घण्टाघरबाट खसेर घटनास्थलमै मृत्यु भएको छ ।

मृतक मगरको ३० असोजमा मात्रै २९ बर्षीय टोमबहादुर मगरसँग विवाह भएको थियो ।

उनले आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्नै यकिन नभएको प्रहरीले जनाएको छ । उनी घण्टाघरको सबैभन्दा माथिल्लो तला (करिब ५२ फिट) माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना प्रकृतिले मृतक घण्टाघरको उत्तर पटिको मोहडातर्फबाट खसेको देखिएको छ ।

घटनाका बखत मृतकका पति टोमबहादुर घण्टाघर परिसरमै भए पनि उनी माथिल्लो तलामा थिए कि थिएनन् भन्ने खुलिसकेको छैन ।

घटनाबारे प्रारम्भिक अनुसन्धान मात्रै शुरु भएकाले घटना कसरी भयो भन्ने बारे अहिल्यै केही भन्न नसकिने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए ।

उनका अनुसार मृतकका पतिसहित घटनाको समयमा सबैभन्दा माथिल्लो तलामा रहेकी एक युवती र २ युवालाई पनि सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै घण्टाघर व्यवस्थापन समितिले अर्को निर्णय नभएसम्मकोलागि घण्टाघर चढ्नमा रोक लगाएको छ । घण्टाघर परिसरमा रहेको बगैचामा
भने प्रवेश निषेध गरिएको छैन ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>