खेलकुदसोमबार, कार्तिक ३, २०७१

कोरियामा लुक्ने चार खेलाडीलाई दस वर्ष प्रतिबन्ध

हिमालखबर

17th_asiadयुवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एशियाडको कार्य सम्पादन समितिको २ कात्तिकमा बसेको बैठकले एशियाडमा खेलमा सहभागी हुन गई भागेर राष्ट्रको बेइज्जत गरेको भन्दै भागेका खेलाडीलाई खेलकुदसम्बन्धी सम्पूर्ण क्रियाकलापबाट वञ्चित गर्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बैठकले भागेका खेलाडीको प्रशिक्षक र व्यवस्थापकलाई निलम्वन गरी एक वर्षसम्म वैदेशिक खेलकुद गतिविधिमा कार्य गर्न नपाउने गरी एक वर्षको निलम्वन गर्ने र विभागीय कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको एशियाड कार्य सम्पादन समितिका सचिव चुडामणि पौडेलले जानकारी दिए ।

यस्तै, खेलाडी भागेका सम्बन्धित सङ्घसँग स्पष्टिकरण माग गर्ने, समग्र खेल जगतको पुनःसंरचनाका लागि कार्ययोजना बनाउने र त्यसको लागि मन्त्रालयले पहल गर्ने, खेलकुदमा देखिएको विवाद, कमी कमजोरी हल गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पहल गर्न पत्राचार गर्ने निर्णय गरेको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एशियाडमा नेपालका २५ खेलमा २०६ खेलाडी सहभागी रहेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>