थप समाचारसोमबार, कार्तिक ३, २०७१
माओवादीले ध्वस्त बनाएको पुल नबन्दा सास्ती
तत्कालीन विद्रोही माओवादीले पुल ध्वस्त बनाएपछि खोलाबाटै हिडेर स्थानीय आवात–आवात गर्नेगरेको स्थानीय हेमराज पाण्डेले बताए । पुल नभएपछि खोलामा पानी बढ्दा दैनिक जीवन रोकिन्छ ।
माओवादी कार्यकर्ता सेनाले मारेपछि माओवादीले पुल ध्वस्त पारिदिएका थिए । तर, शान्ति प्रकृयामा आइसकेको माओवादी स्वयम्ले यो पुल बनाउन तत्परता नदेखाएको पाण्डेले बताए ।
यता, चितौरा खोलामै रहेको लक्ष्मीपुरका पुल पनि जीर्ण बन्दै गएपछि थप समस्या भएको छ ।
१५ वर्षअघि स्थानीय वैजनाथ सामुदायिक वनको सहयोगमा बनाएको लक्ष्मीपुरको विद्यालय जाने पुल जीर्ण अवस्थामा हुँदा यहाँका विद्यार्थी र स्थानीयले जोखिम व्यहोर्नुपरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
