खेलकुदसोमबार, कार्तिक ३, २०७१
दुई महीना काम नगर्ने एन्फा अध्यक्ष थापाको घोषणा
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको निर्देशन अनुसार एन्फा अध्यक्ष थापाले दुई महीनाका लागि पद छाडेको घोषणा गरेका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा ३ कात्तिकमा पत्रकार सम्मेलन गरेर उनले नेपाली फूटबललाई दुर्घटनाबाट जोगाउन आफूले गम्भीर निर्णय गरेको बताए ।
उनले दुई महीनासम्म अध्यक्षका रुपमा काम नगर्ने जानकारी दिए । थापाले अध्यक्षको जिम्मेवारी छाडे पछि एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
लेखा समितिले रु.५८ करोड भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष थापासहित एन्फाका चार पदाधिकारीलाई काममा नलगाउन निर्देशन दिएको थियो ।
यस्तै, कोषाध्यक्ष विराटजंग शाहीले गरिरहेको काम अब सहकोषाध्यक्ष रविन्द्र जोशीले गर्ने निर्णय भएको पनि थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
