समाचारसोमबार, कार्तिक ३, २०७१

‘प्रदेश विवादले संविधान नै बन्धक बनाउने ?’

हिमालखबर

३ कात्तिकमा आयोजित कार्यक्रममा केशीले भने, ‘‘प्रदेशको संख्या र नामको विषयलाई लिएर सिंगो संविधान निर्माण कार्यलाई बन्धक बनाउन पाइन्छ ?’’ उनले निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताए ।

संविधानलाई संशोधन गर्न मिल्ने भएकाले एउटै विषयलाई लिएर संविधान निर्माण प्रकृया अवरुद्ध गर्ने दलहरुको प्रवृत्ति गलत भएको बताए ।

‘विवादित विषयलाई प्रक्रियाबाट टुङ्गो लगाउनुपर्छ’

कांग्रेस र एमालेका नेताहरुले संविधानका विवादित विषयलाई सहमतिबाट नभए प्रक्रियाबाट भए पनि कात्तिकको दोस्रो साताभित्रमा टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले एकल वा बहुजातीय आधारमा सङ्घीयता हुन नसक्ने भनी पहिचानवादीलाई दोस्रो संविधानसभाले स्पष्ट मत दिइसकेको अवस्थामा भूगोल वा अन्य आधारमा पाँचदेखि सात प्रदेशसम्मको  सङ्ख्या  बनाउन सकिने बताए ।

एमाले नेता भीमबहादुर रावलले सहमति सहमति मात्रै भनेर मुलुकलाई अनन्तसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै विवादित विषयलाई प्रक्रियामा लगेर भए पनि जतिसक्दो जाँडो संविधान जारी गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>