थप समाचारसोमबार, कार्तिक ३, २०७१

दक्षिण कोरियामा कृषि श्रमिकमाथि ज्यादतीः एम्नेस्टी

हिमालखबर

ssएम्नेस्टीले ३ कात्तिकमा विश्वभर एकसाथ सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार दक्षिण कोरियाको कृषि क्षेत्रमा २० हजार आप्रवासी श्रमिक कार्यरत छन् । जसमा नेपाल, भियतनाम र कम्बोडियाबाट धेरै श्रमिक रोजगार अनुमति प्रणालीअन्तर्गत लगेको पाइएको एम्नेस्टीले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली लागु गरेपछि दक्षिण कोरियाले कृषि क्षेत्रमा कार्यरत श्रमिकमाथि शोषण सुरु गरेको बताए ।

श्रमिक लैजाने बेलामा गरेको सम्झौताभन्दा फरक काममा लगाउने, तोकिएको तलब सुविधा नदिने र धम्क्याउने एवम् अन्य किसिमका ज्यादती गरेको श्रमिकसँग गरिएको अन्तरवार्ताबाट खुल्न आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...