थप समाचारमंगलबार, कार्तिक ४, २०७१
सेना नै अवैध रुख काट्दै
नवलपरासीको जर्गाहास्थित सामुदायिक वनबाट सेनाले रुख काटेर लैजाने गरेका हुन् । प्रस्तावित कोटहीदेवी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको वन क्षेत्रबाट सिसौका रुख काटेर सेनाले लैजान गरेको स्थानीयको भनाइ छ ।
सेनाले सिसौका रुख काटेर लैजादै गरेको अवस्थामा ३ कात्तिक राति स्थानीयले काठ पक्राउ गरेका छन् । सिपाहीले सिसौका रुख काटेर गाडीमा लैजादै गर्दा पक्राउ गरेको वन समुहका सचिव राजु चापागाईले जानकारी दिए ।
उनले पक्राउ गरेको काठ र सवारी वन कार्यालय बडेरालाई बुझाएको बताए । ब्रजदल गणका सेनाले आफ्नै गाडीमा सिसौका गोलिया ल्याएका थिए । वन क्षेत्र भित्रै सेनाको वेस क्याम्प भएकाले उनीहरुले मनपरी रुख काट्ने गरेका हुन् ।
यसअघि, माओवादी लडाकुको अस्थायी शिविर हुँदा पनि मनपरी रुख कटान हुने गरेको स्थानीयको भनाइ छ ।
पक्राउ परेको सेनाको गाडी माथिल्लो तहमा बुझाउने तयारी भइरहेको जिल्ला वन अधिकृत (डीएफओ) दुर्गा कार्कीले जानकारी दिए ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
