Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुई करोड बराबरको सुनसहित एक पक्राउ - Himalkhabar.com

अर्थ/बजारमंगलबार, कार्तिक ४, २०७१

दुई करोड बराबरको सुनसहित एक पक्राउ

हिमालखबर

चीनको खासाबाट अवैध रुपमा लुकाइछिपाइ राजधानी ल्याउँदै गरेको चार किलो सुन, २० लाख जापानी येन र ४० हजार ६०० युरो ४ कात्तिकमा सीमा प्रहरी कार्यालय तातोपानीले बरामद गरेको छ । तातोपानीबाट राजधानीतर्फ आउन लागेको बा २ ख १०४२ नम्बरको यात्रु बसलाई जाँच गर्दा बसमा सवार एक जनाबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीले बाह्रबिसे–१ का भूपेन्द्र बस्नेतलाई भन्सार परिसरबाट पक्राउ गरेको छ ।

भन्सार मूल्याङ्कन अनुसार बरामद गरिएको सुनको मूल्य रु.१ करोड ८० लाख छ । युरो तथा जापानी येनको ४ कात्तिकको विनिमय दर अनुसार रु.६९ लाख ५२ हजार ३२२ बरामद भएको छ ।

बरामद सुनसहित पक्राउ गरिएका बस्नेतलाई तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । तातोपानी नाकाबाट ३ कात्तिकमा पनि१३ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>