अर्थ/बजारबुधबार, कार्तिक ५, २०७१

अर्थमन्त्री चीन प्रस्थान

हिमालखबर

अर्थमन्त्री महत ५ कात्तिकमा चीनको बेइजिङ प्रस्थान गरेका हुन् । एआईआईबी स्थापनाका लागि ७ कात्तिकमा २२ एशियाली मुलुकबीच समझदारी पत्रमा औपचारिक हस्ताक्षर हुनेछ ।

चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा अर्थमन्त्रीहरुले बैंक स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।

एशियाली मुलुकमा विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकको नेपाल पनि संस्थापक राष्ट्र बन्ने छ । नेपालका तर्फबाट समझदारीपत्रमा अर्थमन्त्री महतले हस्ताक्षर गर्नेछ ।

एआईआईबी सन् २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना रछ । चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>