थप समाचारबिहीबार, कार्तिक ६, २०७१
आमाडब्लममा आरोहीको मृत्यु
आमाडब्लम हिमाल आरोहण गरेर झर्ने क्रममा एक आरोहीको मृत्यु भएको हो । हिमालबाट झर्ने क्रममा ५ कात्तिकमा हिउँमा चिप्लिएर आरोहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
आमाडब्लम हिमालको दोस्रो क्याम्पबाट पहिलो क्याम्प झर्ने क्रममा हिउँमा चिप्लिदा ४२ वर्षीय अमेरिकन नागरिक मुराड आस्वर्लीको मृत्यु भएको हो ।
आमाडब्लम हिमालको आधारशिविरमा भएका अन्य आरोहीहरुसँग रेडियो सेटमा सम्पर्क विच्छेद भएपछि खोज्न जाँदा दोस्रो र पहिलो क्याम्पको बीचमा उनी मृत अवस्थामा भेटिएका थिए ।
पासपोर्ट नम्बर ४६२८२५८६० भएका मुराडको शवलाई हेलिकोप्टर मार्पmत् ६ कात्तिकमा काठमाडौं लैजाने तयारी भइरहेको खड्काले जानकारी दिए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
