थप समाचारबिहीबार, कार्तिक ६, २०७१
‘राष्ट्रपति महोदय, मेरी प्रेमिकालाई नछुनुहोला’
शिकागोमा मतदान गर्न पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई माइक जोन्स नामका व्यक्तिले भने, “मिस्टर प्रेसिडेंट, डोन्ट टच माई गर्लफ्रेंड। (राष्ट्रपति महोदय मेरी प्रेमिकालाई नछुनुहोला ।)”
माइककी गर्लफ्रेंड ओबमाको छेउकै बुथमा मतदान गर्दै थिइन्, उनी जोडले हाँसिन् ।
ओबामाले पनि टाउको नउठाएरै जवाफ दिए, “साँच्चिकै मेरो कुनै त्यस्तो मनसाय नै थिएन ।”
त्यसपछि उनले माइककी प्रेमिका इया कूपरसँग भने, “मलाई आफ्नै एउटा भाईले विनाकारण लज्जित बनाउँदैछ भन्ने नमूना हो यो ।”
यो गफगाफ एउटा टेलिभिजन च्यानलको क्यामरामा रेकर्ड भइरहेको थियो ।
ओबामाले इयासँग उनका केटासाथीको नाम सोधेपछि भने, “अब तपाइ घर गएर आफ्ना साथीसँग यसबारेमा कुरा गर्नुहुनेछ । यो माइक कति मुर्ख रहेछ ।”
र अन्तिम मौका भने ओबामाले छुटाएनन् । जाँदै गर्दा उनले इयालाई अंगालो मारे र, विस्तारै म्वाइँ खाँदै भने, “अब उसले पनि कुरा गर्ने मौका पाउने छ । अब भने साँच्चिकै उसलाई डाहा लागिरहेको होला ।”
यो घटनापछि टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा इयाले भनिन्, “माइकले प्राय यस्तो काम गरिरहन्छ । तर ओबामाले नराम्रो
मानेका छैनन् । अँऽऽ मलाई उनले अंगालो मारे र, म्वाइँ खाए, मलाई आशा छ मिशेल (ओबामाकी पत्नी) ले मलाई माफ गर्नेछिन् ।”
उनीसँगै बसेका माइकले भने, “शुरुमा त्यस्तो ठट्टा गर्ने मेरो मनसाय थिएन तर, मेरी गर्लफ्रेन्डको छेवैको बुथमा ओबामालाई देखेपछि मलाई त्यसो भन्न मन लागिहाल्यो ।”
मुस्कुराउँदै उनले थपे, “ओबामाले इयालाई चुम्बन गरेर मसँग बदला लिइसकेका छन् ।”
बीबीसीबाट साभार
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
