समाचारबिहीबार, कार्तिक ६, २०७१

नेताहरु जिम्मेवार भएनन्ः उपराष्ट्रपति

हिमालखबर

उपराष्ट्रपति झाले नेताहरु जिम्मेवारी हुन नसकेकोले संविधानका विवादित विषयमा सहमति हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबले ६ कात्तिकमा गरेको देउसी भैलो कार्यक्रमपछि उनले सहमतिको नाममा नेताहरुले समय खेर फालिरहेको बताए ।

उनले सहमति कुरा गर्नेले नै सहमति कार्यान्वयन नगर्दा समस्या भएको टिप्पणी गरे । उनले भने, “जनताले हाम्रो ठाउँमा नयाँ अनुहार हेर्न चाहेका छन्, त्यसैले हामी चाँडो बहिर्गमन हुन चाहन्छौं ।”

उनले ८ माघ पछि आफूहरु बहिर्गमित हुनुपर्ने बताए । तर, उनले ८ माघभित्र दलहरुले संविधान बनाउनेमा आशंका उत्पन्न भएको टिप्पणी गरे ।

सघीयताको विषयमा संख्यालाई बटमलाइन बनाएर दलहरु प्रस्तुत गर्नाले समस्या भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>