खेलकुदबिहीबार, कार्तिक ६, २०७१
नेपाल युगान्डासँग २० रनले पराजित
क्वालालाम्पुरस्थित किनरा एकेडेमीमा ६ कात्तिकमा भएको खेलमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित ५० ओभरमा २०३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर १८३ मात्र बनायन सक्यो ।
नेपालका लागि कप्तान पारस खड्काले ३ विकेट लिएका थिए। उनले १० ओभरमा ३४ रन दिएका थिए। त्यस्तै सोमपाल कामीले २ र वसन्त रेग्मीले २–२ विकेट लिएका थिए ।
नेपाली ब्याट्म्यानहरूमा नरेश बुढा ऐरले सर्वाधिक ६२ रनको योगदान दिए। यस्तै सुवास खकुरेल, शरद भेसवार र सागर पुनले समान २२(२२ रन बनाए ।
प्रतियोगितामा नेपालसहित मलेशिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्।
राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन–२ मा प्रवेश गर्नेछन्।
डिभिजन–२ आगामी जनवरीमा नामिबियामा हुँदैछ।
यो प्रतियोगिताको शीर्ष दुईमा रहनेले आईसीसी इन्टर कन्टिनेन्टल कप र पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छन्।
——————————————————————————————————————————————
युगान्डाविरुद्ध नेपाललाई २०४ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले युगान्डाविरुद्ध २०४ रनको लक्ष्य पाएको छ ।
हिमालखबर
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युगान्डाको सामना गरिरहेको छ । मलेशियाको किन्रारा एकेडेमी ओभल मैदानमा युगान्डाले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २०३ रन बनायो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुवातामा राम्रो प्रदर्शन गरे पनि कायम राख्न सकेन । युगान्डाका मुकोबेले ८४ र मसाबाले ५१ रन जोडे ।
नेपाली कप्तान पारस खड्काले ३ विकेट लिए । दश ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ३४ रन दिए ।
वसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए । सागर पुनले १ विकेट झारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
