थप समाचारबिहीबार, कार्तिक ६, २०७१
तुलसीपुरमा नापी र मालपोतका कार्यालय
मन्त्रिपरिषद्ले दाङको तुलसीपुरमा नापी र मालपोतका कार्यालय स्थापना गर्ने निर्णय गरेपछि कार्यालय स्थापनाको तयारी भएको छ । अहिलेसम्म दाङको घोराहीमा मात्रै मालपोत र नापी कार्यालय छन् ।
तुलसीपुरमा कार्यालय नहुँदा पश्चिम दाङवासीलाई जग्गासम्बन्धी कारोबार गर्न सदरमुकाम घोराही जानुपर्ने बाध्यतो छ । आफ्नो काम पूरा नभएसम्म सेवाग्राहीहरु घोराहीमै बास बस्न बाध्य हुँदा निकै आर्थिक भार व्यहोर्नुपर्ने र मालपोत र नापी कार्यालायमा सेवाग्राहीको चाप पनि अत्यधिक हुने गरेको छ ।
गत ३० भदौमा दाङसहित देशभरका अन्य २१ स्थानमा मालपोत र नापीका कार्यालय खोल्न दिने सरकारले निर्णय गरेको थियो ।
सरकारले तुलसीपुरमा माल र नापी कार्यालयका लागि एकजना शाखा अधिकृत र तीनजना सुब्बासहित १४ जनाको दरबन्दी तोकेको छ ।
पूर्वी दाङ, देउखुुरी क्षेत्रका वासिन्दाले लमहीमा पनि मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै आएका छन् । लमहीबाट घोराहीसम्मको दूरी २३ किलोमिटर छ ।
*सच्चाइएको
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
