Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गुगलद्वारा नयाँ इमेल ‘इनबक्स’ शुरु - Himalkhabar.com

थप समाचारबिहीबार, कार्तिक ६, २०७१

गुगलद्वारा नयाँ इमेल ‘इनबक्स’ शुरु

हिमालखबर

 

INBOXगुगलले शुरु गरेको नयाँ इमेल ‘इन्बक्स’ मा इमेलहरु अन्य इमेल सेवाहरुभन्दा राम्रोसँग व्यवस्थित गर्न सकिन्छ ।

सामान्य इमेलहरु भन्दा राम्रो सुविधा दिने यसमा अप्वाइन्टमेन्ट, फ्लाइट बुकिङ र प्याकेज डेलिभरीबारे थाहा दिने व्यवस्था पनि मिलाइएको गुगलले जनाएको छ ।

अहिलेसम्म यो सेवा निश्चित व्यक्तिले मात्रै प्रयोग गर्न पाएका छन् । गुगलले जिमेल युजर्सबाट छनोट गरेर निश्चित व्यक्तिहरुलाई यो सेवा प्रयोगका लागि इन्भिटेसन पठाएको छ । गुगलका अनुसार यदि तपाइलाई त्यस्तो प्रस्ताव गरिएको छैन र तपाइ इन्बक्स सेवा लिन चाहनुहुन्छ भने आफ्नो जीमेल अकाउन्टबाट inbox@google.com मा इमेल पठाउनु पर्नेछ ।

अहिले यो सेवा सन् २००४ मा आएको जीमेलसँगै दिइएको छ अर्थात इन्बक्समा तपाइको जीमेलका सबै कुराहरु प्राप्त हुनेछन् ।

यो वेभसाइट बाहेक एन्ड्रोइड र आइफोनमा पनि सजिलै प्रयोग गर्न सकिनेछ ।
गुगलले एक ब्लग पोस्टमा भनेको छ, ‘इन्बक्स र जीमेल लञ्च गर्नेहरु एउटै हुन् तर, जीमेल र इन्बक्स फरक फरक हुन् । यसलाई महत्वपूर्ण कुराहरुमा केन्द्रित गरेर बनाइएको छ । ’

इन्बक्ले इमेलको ‘रियल टाइम अपडेट्स’ पनि देखाउने छ । उदाहरणका लागि अनलाइन खरिद गरिएको सामानको डेलभरी स्टाटस इन्बक्समा हेर्न पाइने छ ।

यसले रिमाइन्डर, कारोबार र बैंक स्टेटमेन्टसमेत हेर्न सकिने सुविधा भएको दाबी गरेको छ ।

एजेन्‍सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>