Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गाई, गोबर्द्धन, गोरु र म्ह पूजा आज - Himalkhabar.com

थप समाचारशुक्रबार, कार्तिक ७, २०७१

गाई, गोबर्द्धन, गोरु र म्ह पूजा आज

हिमालखबर

पर्सामा गोबर्धन पूजाको तयारी गर्दै । तस्वीर: रासस

पर्सामा गोबर्धन पूजाको तयारी गर्दै । तस्वीर: रासस

यमपञ्चकको चौथो दिन आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन विधि छ । हिन्दू समुदायमा गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने जनविश्वास छ ।

गाईको पूजा गरी मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास समेत छ ।

गोबर्द्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोबर्द्धन पर्वतको पूजा गर्ने प्रचलन चलेको धार्मिक मान्यता छ ।

त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ ।

म्हपूजा पनि आजै
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>