खेलकुदशुक्रबार, कार्तिक ७, २०७१

नेपालले बर्मूडालाई ८ विकेटले हरायो

हिमालखबर

क्वालालाम्पुरस्थित सेलेङ्गर मैदानमा नेपालले २ विकेट गुमाउँदै निर्धारित १०१ रनको लक्ष्य ११.१ ओभरमा पूरा गरी बर्मूडालाई सजिलै हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बर्मूडाले ४०।१ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमात्र बनाउन सकेको थियो ।

नेपालका लागि विनोद भण्डारीले ४३, सुवास खकुरेलले ३० र नरेश बुढाऐर ६ रन बनाए । कप्तान पारस खड्का १४ रनमा ‘नटआउट’ रहे।

६ कात्तिकमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित मलेशिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्।

राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन–२ मा प्रवेश गर्नेछन्।

डिभिजन–२ आगामी जनवरीमा नामिबियामा हुँदैछ।

यो प्रतियोगिताको शीर्ष दुईमा रहनेले आईसीसी इन्टर कन्टिनेन्टल कप र पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छन्।

—————————————————————————————

नेपाललाई बर्मूडाले दियो १०१ रनको लक्ष्य

मलेशियामा जारी आइसीसी लिग डिभिजन–३ मा नेपाललाई बर्मूडाले १०१ रनको चुनौति दिएको छ ।

मलेशियाको सेलेङ्गर मैदानमा पहिले ब्याटिङ गरेको बर्मूडाले ४०.१ ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको छ।

नेपालकातर्फ बाट शक्ति गौचन, वसन्त रेग्मी र अमृत भट्टराईले समान २-२ तथा सागर पुन र सोमपाल कामीले १-१ विकेट लिए।

६ कात्तिकमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>