थप समाचारआइतबार, कार्तिक ९, २०७१
अछाममा डाँफे लोप हुने अवस्थामा
अछामको अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको छ ।
पर्यटकीय क्षेत्र समेत रहेको रामारोशनको जङ्गलमा ठूलो सङ्ख्यामा देखिने डाँफे अचेल भने विरलै मात्र देखिने गरेको स्थानीयवासी कालीबहादुर बुढाले बताए ।
गाउँलेले आजकाल छिटफुटरुपमा मात्र डाँफ देखिने गरेको र यसको संरक्षका लागि कुनै निकायबाट पहल हुन नसकेको उनले गुनासो गरे ।
जिल्लाको पहिचान र विकासको सम्भावना बोकेको पर्यटकीय क्षेत्र रामारोशनको संरक्षण र सम्वद्र्धनमा सरकारको ध्यान नपुगेकाले रामारोशनमा वासस्थान बनाएका पक्षी र जङ्गली जनावर लोप हुने अवस्था रहेको स्थानीय समाजसेवी गोविन्द साउदले बताए ।
विकट, ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयस्तरबाटै एकजुट भएर लागेमात्र लोपोन्मुख अवस्थामा रहेका सम्पदा र जङ्गली पक्षीको संरक्षण गर्न सकिने उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष चन्द्रप्रसाद ढुङ्गानाको भनाइ छ ।
वन्यजन्तुको संरक्षणको काम राष्ट्रिय, निकुञ्ज विभागले गर्ने भएकाले जिल्लामा वन्यजन्तुको संरक्षणसम्बन्धीको कुनै कार्यक्रम नरहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत भक्तराज गिरीले बताए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
