थप समाचारआइतबार, कार्तिक ९, २०७१
दाहसंस्कारमा गएका भतिजा नदीमा बेपत्ता
आफ्ना जेठाबुबा रुद्र भट्टको दाहसंस्कारका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेला नजिक महाकाली नदीमा गएका भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका २५ वर्षीय दिनेश भट्ट बिहान ११ बजे नुहाउने क्रममा बेपत्ता भएका छन् । उनी टीकापुर नगरपालिकाका इन्जिनियरसमेत हुन् ।
दाहसंस्कार भइरहेका बेला १०० मिटर टाढा नदीमा नुहाउन गएका तीन÷चारजनामध्ये भट्ट नदीमा डुबेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । बेपत्ता भट्टको खोजीकार्य भइरहेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
