थप समाचारआइतबार, कार्तिक ९, २०७१

माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते

हिमालखबर

myagdiक्षमताभन्दा धेरै यात्रु बोकेर म्याग्दीको दरवाङबाट बेनी आउँदै गरेको ध१ख २९० नम्बरको माइक्रोबस ९ कात्तिक विहान बेनी–१३ नयाँपुलमा ब्रेक फेल भई पल्टिँदा नेदरल्याण्ड्सकी पर्यटक सहित १३ जना घाइते भएका छन् ।

गम्भीर घाइते एकजनालाई पोखरा पठाइएकोे छ भने बाँकी १२ जनाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ ।

तिहार मनाउन आफन्तकहाँ र धौलागिरि पदयात्रामा गएर फर्किएका सर्वसाधारण र पदयात्री गरी ४० जनाभन्दा बढी यात्रु सवार उक्त गाडीको ब्रेक फेल भएपछि चालकले सावधानी अपनाएर सडकको कुनामा ठोक्काएकाले ठूलो दुर्घटना हुनबाट बचेको यात्रुहरूले बताएका छन् ।

प्रहरीका अनुसार अर्मन–२ की ५४ वर्षीया यामसरा बुढालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

दुर्घटनामा नेदरल्यान्डस्की ४७ वर्षीया मार्सलेन, पर्वत शालिजा–३ की लालकुमारी खोरजा, बरङ्जा–७ म्याग्दीकी २८ वर्षीया रीता थापा, दरवाङ–३ दुखुकी १५ वर्षीया सुकमाया जुक्जाली, ३१ वर्षीया भावना पुन र १२ वर्षीया विपिसा पुन घाइते भएका प्रहरीले जनाएको छ ।

यसैगरी, ओखरबोट–१ की ३५ वर्षीया मीना घर्ती, कुहुँ–५ की ६० वर्षीया दिलमती किसान, उनकी छोरी २० वर्षीया पवित्रा किसान, बागलुङ भीमपोखरा–७ की ६० वर्षीया राधा पौडेल, बाबियाचौर–५ का ५० वर्षीया इन्द्रलाल जैसी र बेनपा–७ मङ्गलाघाटकी ५० वर्षीया मनकुमारी किसान घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>