थप समाचारसोमबार, कार्तिक १०, २०७१

बेलायती सैनिक अफगानिस्तानबाट फिर्ता

हिमालखबर

uk_ends_afghan_combat_operations_624x351__nocreditलेदरनेकमा रहेको मुख्य अमेरिकी सैनिक अड्डा पनि अफगानी सेनालाई हस्तान्तरण गरिएको छ । अमेरिकाले पनि अफगानिस्तानबाट आफना सैनिकहरु हटाउँदैछ ।

सन् २००१ म बेलायती सेनाले अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य कारवाही शुरु गरेको थियो । अहिलेसम्म ४५३ बेलायती सैनिक अफगानिस्तानमा मारिएका छन् भने अमेरिकाका २ हजार ३४९ सैनिकले ज्यान गुमाएका छन् ।

बेलायतले गत अप्रेल महिनादेखि सैनिक फिर्ता बोलाउन शुरु गरेको हो ।

सन् २००९ मा बेलायतले करिब १० हजार सैनिक अफगानिस्तानमा पठाएको थियो ।

अब राजधानी काबुलस्थित बेलायती सैन्य एकेडमीमा केही थोरै सैनिक अधिकारीहरु मत्रै छन् उनीहरु सन् २०१५ मा फिर्ता हुने बताइएको छ ।

चरमपन्थी तालिवानविरुद्धको अभियानमा अफगानिस्तानमा जम्मा १ लाख ४० हजार बेलायती सैनिक सहभागी भएको बेलायती सुरक्षा मन्त्रालयले जनाएको छ । अभियानका क्रममा १९ अर्ब पाउन्ड खर्च भएको पनि बेलायती रक्षा मन्त्रालयले जनाएको छ।

बेलायती रक्षामन्त्री माइकल फ्यालनले सैन्य कारबाहीका क्रममा गल्तीहरु भए पनि विदेशी फौज अफगानिस्तान पुगेपछि परिस्थिति सुध्रिएको बताए।

उनले अफगानिस्तानमा तालिवानीहरुको आतंकको समाप्ती धेरै टाढा भए पनि आफ्ना सैनिकहरुले थप समृद्ध र स्थायित्व सहितको अफगानिस्तान छाडेर जान लागेको बताएका छन् ।

उनले अफगानी सुरक्षा निकायलाई सघाउन केही सय बेलायती सैनिक भने अझै अफगानिस्तानमा रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>