Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विद्यालय जोगाउने चिन्ता - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक १०, २०७१

विद्यालय जोगाउने चिन्ता

हिमालखबर

प्रावि गौरीगाउँको कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै शिक्षक रुक्मिणा रेग्मी। तस्वीरः देविका घर्ती मगर

प्रावि गौरीगाउँको कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै शिक्षक रुक्मिणा रेग्मी। तस्वीरः देविका घर्ती मगर

२०५७ देखि दाङको टरिगाउँ–५ गौरीगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा पढाउन थालेकी रुक्मिणा रेग्मी (४८) ले शुरूमा एक कक्षामा ४५ जनासम्मलाई पढाइन्। तर, अहिले विद्यालयभरिमा ३६ जना मात्र विद्यार्थी छन्। उनीहरूमध्ये पनि २२ जना मात्र नियमित विद्यालय आउँछन्।

२०४७ मा स्थानीय केशवप्रसाद भण्डारीको सक्रियतामा स्थापित उक्त प्राविमा विद्यार्थी घटेपछि शिशुदेखि ५ कक्षासम्म पढाइ हुने यो विद्यालय जोगाउने चिन्ता बढेको छ। तीन जना शिक्षक, दुई जना सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगी रहेको यो विद्यालयमा धेरैजसो थारू समुदायका बालबालिका पढ्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रजीत चौधरी विद्यार्थी घट्न नदिन आगामी शैक्षिक सत्रबाट अंगे्रजी माध्यममा पढाइ शुरू गर्ने योजना बनाएको बताउँछन्। जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्याल भने न्यून विद्यार्थी भएका विद्यालयलाई ‘मर्ज’ गर्नुपर्ने बताउँछन्।

यो प्राविमा विद्यार्थी घट्नुमा नजिकै खुलेका निजी विद्यालय कारण देखिन्छ। टरिगाउँ–४ र ५ मा पाँच वटा बोर्डिङ स्कूल छन्। अभिभावकले दुःखजिलो गरेर भए पनि छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रवृत्ति बढेको छ।

यहाँका सबै अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउन सक्ने आर्थिक हैसियतका भने छैनन्। त्यसैले विद्यालय बन्द भएमा विपन्न थारू समुदायका बालबालिकाले पढ्न नपाउने स्थिति आउन सक्छ। “हामी यो विद्यालय जोगाउन चाहन्छौं” निमित्त प्रअ रेग्मी भन्छिन्, “महिलाहरूले मात्र चलाएको विद्यालय हो यो, हामीलाई विश्वास गरेर अभिभावकहरूले साथ दिने हो भने यसलाई अंग्रेजी माध्यमबाट पढाइ हुने बोर्डिङसरह बनाउन सक्छौं।”

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>