थप समाचारसोमबार, कार्तिक १०, २०७१

छुट्टाछुट्टै दुर्घटनामा ४ को मृत्यु

हिमालखबर

देव पचभैया, पाल्पा

पाल्पाको सोमादीमा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको हो । दुर्घटनामा चालक गुल्मी ग्वादीका बुद्धिराम सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाको सिद्देश्वरबाट सदरमुकाम तानसेन आउँदै गरेको लु १ ज १३१३ नम्बरको जीप १० कात्तिक बिहान दुर्घटना भएको हो । दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

————————————————————————————————————————————————–

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु

सिरहा, नवलपरासी र सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नलपरासीको गैँडाकोट–५ काँग्रेस चोकमा १० कात्तिक बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ८३१६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका रुपन्देही पडसरी बस्ने २१ वर्षीय विशाल थापाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यालयका अनुसार ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, सिरहाको नरहा गाविसमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाविस–५ का ३५ वर्षीय जितेन्द्र यादव रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार चोहर्वाबाट सिरहा सदरमुकामतर्फ जाँदै गरेको स १ त १३१३ नम्बरको ट्र्याक्टरले नरहा–३ मा ९ कात्तिक राति ज ४ प १४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक जितेन्द्रको उपचारका लागि मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय विष्णुपुरले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

९ कात्तिक राति सिन्धुपाल्चोकको माङ्खा गाविस–६ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पाङ्ग्रेटार गाविस–१ बस्ने ६५ वर्षीया चुराकुमारी दाहाललाई बा ३२ प ७५०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दाहाललाई उपचारका लागि काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पताल लगिएको र उपचारका क्रममा उनको १० कात्तिक बिहान मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल धनी घटनास्थलबाट फरार भएको र उनको खोजी भइरहेको बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जील मुकारुङले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>