थप समाचारसोमबार, कार्तिक १०, २०७१
इटालीका राजदूत नर्भिकमा
नेपाल र भारतका लागि इटालीका राजदूत मानसिनीको नेतृत्वमा आएको टोलीले १० कात्तिकमा दुर्घटनामा घाइते भएका इटालीयन नागरिकको स्वास्थ्यस्थितिबारे जानकारी दिएका हुन् । नुवाकोटमा ७ कात्तिकमा भएको सवारी दुर्घटनामा परी घाइते भएका दुई जना इटालीयन नागरिकको स्वास्थ्यस्थितिबारे राजदूत मानसिनीले जानकारी लिए ।
इटालीयन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आइसीयू कक्षमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राजदूत मानसिनीको नेतृत्वको टोली नर्भिक अस्पताल पुगेका हुन् ।
भेटका क्रममा शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावलको उपस्थिति थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
