Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धेरै भयो सिजेरियन - Himalkhabar.com

टिप्पणीमंगलबार, कार्तिक ११, २०७१

धेरै भयो सिजेरियन

डा. सुमनराज ताम्राकार

नेपालका शहरी क्षेत्रमा गर्भावस्थाको २८ हप्तापछि तल्लो पेट र पाठेघरमा घाउ बनाई बच्चा निकाल्ने ‘सिजेरियन अपरेशन’ बढ्दो छ। मर्न लागेकी गर्भवतीको पेट चिरेर बच्चा निकाल्ने वा गर्भवतीको मृत्युपछि छुट्टाछुट्टै तरीकाले गाड्न ईसापूर्व ७१५ ताका रोमनहरूले बनाएको कानून ‘लेक्स सिजेरिया’ बाट यो शल्यक्रियाको नामकरण गरिएको अनुमान छ। पहिलो पटक रिपोर्ट गरिएको सिजेरियन चाहिं सन् १६६८ मा फ्रान्सिस माउरिसिउले गरेको सिजेरियन थियो। सुश्रुता संहितामा पनि यस्तो शल्यक्रियाबारे उल्लेख छ।

धेरै भयो सिजेरियनम्याक्स स्याडरले सन् १८८२ मा बच्चा निकाल्न पाठेघरमा बनाएको ठाडो घाउ सिलाइदिएपछि सिजेरियनबाट महिलाको मृत्यु हुने दरमा उल्लेख्य सुधार आयो। त्यो विधि पछि अर्को पटकको गर्भमा रक्तस्राव हुने, संक्रमण हुने, पाठेघर च्यातिने लगायतका समस्यामा पनि कमी आयो। १८८२ मै केहररले पाठेघरको तल्लो भागमा तेर्सो घाउ बनाई सिजेरियन शल्यक्रिया गरे। त्यो विधिलाई १९११ पछि मुनरो करले व्यापक बनाए। प्रसूति रोग विशेषज्ञहरूले यो विधिलाई अहिलेसम्म स्वीकारेका छन्।

अमेरिकामा १९३० को दशकमा १–२ प्रतिशत मात्र हुने सिजेरियन १९८८ मा २४.७ प्रतिशत पुग्यो। ब्राजिलमा भने १९७४ तिरै करीब १५ प्रतिशत ‘सिजेरियन अपरेशन’ हुन्थ्यो, जुन १९९५ मा ३२.५ प्रतिशत पुगेको तथ्यांक पाइन्छ। ब्राजिलको कुनै–कुनै क्षेत्रमा त ९५ प्रतिशतसम्म ‘सिजेरियन अपरेशन’ हुने गरेको छ। यो दर सिंगापुरमा १७ प्रतिशत, बंगलादेशमा २१ प्रतिशत र भारतमा ९ देखि २४ प्रतिशत छ। भारतको तमिलनाडूमा ३६ प्रतिशत गर्भवतीले ‘सिजेरियन’ विधिबाट बच्चा जन्माउँछन्। आधारभूत प्रसूति सेवाको कमी रहेको अफ्रिकी मुलुकहरूमा सिजेरियनको दर कम र मातृमृत्युको दर बढी देखिन्छ। यता स्वीडेन, डेनमार्क, नेदरल्याण्ड लगायतका युरोपेली मुलुकमा करीब १० प्रतिशत मात्र सिजेरियन अपरेशन हुने गरे पनि आमा, शिशु दुवैको मृत्युदर नगन्य छ।

किन सिजेरियन

सालले बच्चा निक्लने बाटो ढाक्नु, पुट्ठाको हड्डी साँघुरो भए (गर्भवतीको उचाइ १४० सेमी भन्दा कम भएमा बढ्ता सम्भावना हुन्छ), दुई पटक भन्दा बढी सिजेरियन भइसक्दा, बच्चालाई सकस भएको लक्षण (पाठेघरको मुख राम्ररी नखुल्दै भित्र बच्चाको मुटुको धड्कन बढी वा कम भएमा, निस्सासिएमा वा थैलो फुटेर खैरो, हरियो पानी निस्कनु) हरू देखिंदा, बच्चा जन्मिनुअघि नै साल छुट्टिए, बच्चा उल्टो वा तेर्सो बसेको भए, सुत्केरी बेथाको क्रममा पाठेघरको मुख नखुल्दा, गर्भवतीलाई उच्च रक्तचाप, कम्पन, मधुमेह (अनियन्त्रित), मुटुको समस्या हुँदा, पाठेघरको तल्लो भागमा मासु बढ्दा, पाठेघरको मुुखमा क्यान्सर भए वा योनीद्वार वरिपरिका नसा फुल्दा, पानीको थैलो फुटेको २४ घण्टामा पनि बेथा नलाग्दा सिजेरियन अपरेशन गर्नुपर्छ।

सुत्केरी बेथाका बेला बच्चाको मुटुको धड्कन अनुगमन गर्ने मेशीनको प्रयोग, बेथा शुरू गराउने औषधि, बच्चाको बसाइ, आधुनिक प्रसूति विज्ञानमा औजारको प्रयोग भन्दा सिजेरियन बढी सुरक्षित हुन्छ भन्ने धारणा, अल्ट्रासाउण्डबाट बच्चाको तौल अनुमान गर्ने सुविधा, सिजेरियनबाट बच्ने प्रबल सम्भावना र गर्भवती तथा चिकित्सकमा धैर्यको कमी समेतका कारणले पछिल्लो समयमा सिजेरियन शल्यक्रिया बढेको छ। शल्यक्रियापछि लामो समय घाउ दुख्ने र मर्ने जोखिम ३ देखि १० गुणासम्म बढी छ भन्ने हेक्का नभएकोले पनि हुन सक्छ, आधुनिक महिलाहरू सिजेरियनको माग गर्छन्।

कतिपय गर्भवतीलाई नियमित जाँचको बेलामै विचार गरी अस्पताल भर्ना गरेरै सिजेरियन गर्नुपर्ने हुन्छ। यसरी गरिने सिजेरियन अघि बच्चाको फोक्सो राम्ररी विकसित भई बाह्य वातावरणमा बाँच्न सक्छ भन्ने निश्चित गरिन्छ। तर, कतिपय अकल्पनीय अवस्था हुन्छन्, जसमा सुत्केरी बेथा लागेपछि आकस्मिक रूपमा सिर्जना हुन्छन् र सिजेरियन गरिन्छ।

गर्भवती महिला तथा सम्बन्धित चिकित्सकमा उचित जानकारी, आधिकारिक स्वास्थ्य निर्देशिकाको पालना, आफ्नो संस्थाको सिजेरियन दर तथा कारणमा सम्बन्धित विशेषज्ञहरूबीच नियमित छलफल, सिजेरियनको निर्णय अघि मेडिकल टीमको छलफल र योनीद्वारबाट बच्चा पाउने कार्यलाई आर्थिक लगायतका प्रोत्साहनबाट ‘सिजेरियन अपरेशन’ को दर घटाउन सकिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>