Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जापानमा नेपाली सितारको झङ्कार - Himalkhabar.com

रमझममंगलबार, कार्तिक ११, २०७१

जापानमा नेपाली सितारको झङ्कार

हिमालखबर

ऋषिराम कट्टेल

जापानमा नेपाली सितारको झङ्कारसन् २०१० मा टोकियो नेशनल युनिभर्सिटी अफ फाइन आर्टस् एण्ड म्युजिकबाट संगीत शास्त्रमा पीएचडी गरेका सितारवादक सवन एकदशकभन्दा बढी समयदेखि प्रवासमा नेपाली संगीत फैलाइरहेका छन्। उनी प्रयाग संगीत समिति इलाहावाद (भारत) का स्नातक र टोकियो विश्वविद्यालयकै स्नातकोत्तर पनि हुन्। ‘नेपालमा उत्तर भारतीय शास्त्रीय संगीतको परिचय र विकास’ लाई विद्यावारिधिको शोध बनाएका सवन अहिले टोकियो नेशनल युनिभर्सिटीको संगीत विभागमा कार्यरत छन्।

नेपालमा शास्त्रीय संगीतका वरिष्ठ कलाकार मोहनप्रसाद जोशीका चेला रहेका उनी सितारका उम्दा कलाकारमा गनिन्छन्। उनी जापानमा पनि सितारमार्फत नेपाली शास्त्रीय र लोकसंगीतको झङ्कार प्रस्तुत गरिरहेका छन्। सवन जापानका विभिन्न शहरमा नियमित जस्तै कन्सर्ट गरिरहेका छन्। बेला–बेला नेपाल आएर किराँतेश्वर, कलानिधि संगीत महाविद्यालय, सांस्कृतिक संस्थान लगायतको शास्त्रीय संगीत कार्यक्रमहरुमा प्रस्तुत हुँदै आएका उनले ताईवानमा पनि कन्सर्ट गरेका छन्। गत वर्ष जापानी कलाकारहरूका साथ ललितपुरको पाटन सङ्ग्रहालयमा ‘नेपाल–जापान कला संगीत’ कार्यक्रम गरेका सवन भन्छन्, “एउटा नेपालीको रुपमा विदेशमा संगीतमाथि अध्ययन–अनुसन्धान र कन्सर्टहरु गर्दा गर्वको अनुभूति हुन्छ।”

उनको भनाइमा, नेपालमा शास्त्रीय संगीतलाई गम्भीर रुपमा लिनेहरुको कमी छ। शास्त्रीय संगीतमा पुरातन शैली अपनाउनुपर्छ भन्ने गलत बुझाइका कारण यस्तो भएको उनी बताउँछन्। उनका अनुसार, शास्त्रीय गीत–संगीतमा निरन्तर साधना र धैर्य पहिलो शर्त हो, तर यसो भन्दैमा धुरन्धरहरुले मात्र यो गर्नुपर्छ र यसमा लागिसकेपछि संगीतका अरु विधाको अभ्यास गर्न पाइन्न भन्ने होइन। “बरु यसले सबै किसिमका संगीतको व्याकरण सिकाउँछ भनेर बुझ्नुपर्छ”, इमेलबाट डा. सवनले भने।

इष्ट मिट्स वेष्ट र स्वतन्त्र नामको अल्बम सार्वजनिक गरेका सवनको हट स्पाइस शीर्षकको सितार धुनलाई गत महीना जापानकै प्रसिद्ध म्यूजिक कम्पनी तोउएई ओन्गाकु स्युप्पानले अल्बम बनाएको हो। सितारका भारतीय हस्ती अमित रोयबाट जापानमै प्रशिक्षण लिएका सवन मौलिक नेपाली संगीतले अध्ययन–अनुसन्धान र संरक्षण नपाएकोमा भने चिन्तित छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>