खेलकुदमंगलबार, कार्तिक ११, २०७१

नेपाल डिभिजन २ नजिक

हिमालखबर

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अमेरिकालाई १० रनले जितेको छ । ११ कात्तिकमा मलेशियामा भएको खेल वर्षाले अवरुद्ध भएपछि डकवर्थ लेविस मेथडको आधारमा नेपालले १० रनको जीत हात पारेको हो ।

अमेरिकाले दिएको २२४ रनको लक्ष्य पछ्याइरहेको नेपालले २२ ओभर खेल्दै १ विकेटको क्षतिमा ७३ रन जोडेको बेला वर्षाले खेल अवरुद्ध भएको थियो ।

नेपालका सुवास खकुरेलले ४९ र ज्ञानेन्द्र मल्लले २२ रन बनाए । नरेश बुढाएर भने रन नै नबनाइ आउट भए ।

जीतसँगै नेपाल जारी प्रतियोगितामा शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र युगान्डाको समान ६ अंक भएको छ । तर, नेट रनरेटमा अघि रहेको नेपाल शीर्ष स्थानमा छ ।

आयोजक मलेशिया र सिंगापुरको समान ४–४ अंक छ । सबै टिमले अझै एक–एक खेल खेल्नेछन् ।

नेपालले १२ कात्तिकमा मलेशियाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल बिहान ८ बजे हुनेछ ।

मलेशियासँगको खेल गुमाए पनि नेपालको राम्रो नेट रनरेट भएकाले डिभिजन २ मा उक्लिने बलियो संभावना छ ।

तस्वीरः क्रिक् नेपाल

तस्वीरः क्रिक् नेपाल

——————————————————————————————————————————————

नेपाल र अमेरिकाबीचको खेल अवरुद्ध

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको छ । अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभर खेल्दै १ विकेटको क्षतिमा ७३ रन जोडेको छ ।

नेपालका सुवास खकुरेल ४९ र ज्ञानेन्द्र मल्ल २२ रन बनाएर खेलिरहेका छन् । नरेश बुढाएर भने रन नै नबनाइ आउट भए ।

वर्षाका कारण आज पनि खेल छोट्याएर खेलाइने संभावना छ । २० ओभरभन्दा बढी नेपालले खेलिसकेकाले खेल रद्द हुने छैन ।

यही अवस्थामा खेल सकिएमा डीएल मेथड अनुसार नेपालले जित्ने संभावना बढी छ ।

————————————————————————————————————————————————

नेपाललाई अमेरिकाद्वारा २२४ रनको लक्ष्य

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत अमेरिकाविरुद्ध पुनः भएको खेलमा नेपालले २२४ रनको लक्ष्य पाएको छ ।

 आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपालले अमेरिकाको सामना गरिरहेको छ । १० कात्तिकको खेल वर्षाका कारण रद्द भएपछि ११ कात्तिकमा पुनः नेपाल र अमेरिका भिडिरहेका हुन् ।
 टस जितेर ब्याटिङ रोजेको अमेरिकाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २२३ रन बनाएको छ ।

नेपालका शक्ति गौचनले ३ विकेट झारे । बसन्त रेग्मी र सागर पुनले समान दुई–दुई विकेट लिए । दुई अमेरिकन ब्याट्सम्यान रनआउट भए ।

हिजोमा खेलमा अमेरिकाले ४७.३ ओभर खेल्दै २०४ रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>