थप समाचारमंगलबार, कार्तिक ११, २०७१

‘सेल्फी खिच्दा जुम्रा फैलिन्छ’

हिमालखबर

Group Photoरुसको सरकारी एजेन्सी रोसपोत्रेब्नादजरको क्षेत्रीय विभाग कुर्स्कका अनुसार मानिसहरुमा बढ्दो सेल्फी (आफैंले खिचेको आफ्नै एकल वा  सामूहिक तस्वीर ) को प्रचलनले जुम्राको समस्या बढिरहेको छ ।

यो संस्थाले नागरिकलाई स्वस्थ्य जीवनका बारेमा सल्लाह दिने गर्छ ।

संस्थाका अनुसार एक–अर्कासँग टाँसिएर सेल्फी खिच्दा जुम्रा एउटाको टाउको बाट अर्काको टाउकोमा सर्ने सम्भावना अधिक हुन्छ ।

संस्थाले चेतावनी दिंदै गर्दा टाउकोमा जुम्रा भएका बालबालिकालाई विद्यालय जानबाट रोक लगाइएको पनि स्मरण गराएको छ ।

विवादित सल्लाह
विश्वमै युवाहरुमा सेल्फी खिच्ने चलन बढ्दो छ ।

रोसपोत्रेब्नादज़रका यस्तै अन्य सल्लाहमा पहिले पनि विवाद आएका छन् । संस्थाका पूर्व प्रमुख जेन्नैडी ओनिश्चेंकोले एक पटक कागलाई बर्डफ्लू फैलाउने पखेटा भएका ब्वाँसो भन्दै मार्नु पर्ने सल्लाह दिएका थिए ।

उनले रुससँग राजनीतिक सम्बन्ध राम्रो नभएका देशका पेय पदार्थमाथि रोक समेत लगाएका थिए ।

अहिले जुम्राको विषयमा संस्थाले दिएको सल्लाह रुसी सामाजिक सञ्जालमा मजाकको विषय बनेको छ ।

लेन्टा वेबसाइटमा जर्ज क्लोचकोवले टिप्पणी गरेका छन्, “के उनी अधिकांश रुसी युवाहरुका टाउकामा जुम्रा छ भन्ने ठान्छन ?”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>