थप समाचारमंगलबार, कार्तिक ११, २०७१
आमाडब्लम हिमालमा एक आरोहीको मृत्यु
१० कात्तिक विहान आरोहणबाट फर्किरहेका उनी अचानक बेहोस भएका थिए । पासपोर्ट नं. CF7T6874L भएका चार्लीको शव काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक चन्द्रदेव राईले बताए ।
कारको ठक्करबाट एकको मृत्यु
चितवनको फिस्लिङमा तीन जना स्थानीयलाई कारले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते छन् ।
बुटवलबाट काठमाण्डौं जाँदै गरेको बा १० प ९१४ नम्बरको कारले ठक्कर दिँदा २५ बर्षीय सागर गुरुङको मृत्यु भएको हो । गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए ।
दुर्घटनामा मनु गुरुङ र सागरका एक वर्षीय छोरा घाईते भएका थिए । घाईते मनुको भरतपुर अस्पतालमा उपचार हुँदैछ ।
सविता श्रेष्ठ, चितवन
बुद्धवीर बाहिङ, सोलुखम्बु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
