खेलकुदआइतबार, आश्विन २१, २०६९

नेपालको शानदार जित

हिमालखबर

साउदी अरेबियाले दिएको १३२ रनको लक्ष्य नेपालले मात्र १३ ओभर १ बलमा पुरा गरयो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले साउदी अरेबियलाई १३१ रनको सामान्य स्कोरमा अल आउट गरेको थियो । ४८.२ ओभर खेले पनि नेपालको कसिलो बलिङ र फिल्डिङका कारण साउदी अरेबियाले मध्यम स्कोर खडा गर्न सकेको थिएन ।

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १३ चौका र १ छक्काको मद्धतले २३ बलमा ६३ रनको विष्फोटक इनिङ खेले । उनले १८ बलमा आफ्नो अर्धसतक पुरा गरेका थिए । त्यसैगरी सुवास खकुरेलले ३१ बलमा अबिजित ३५ तथा अनिल मण्डलले २५ बलमा २९ रन बनाए । नेपालको एकमात्र विकेट मोहम्मद नदिमले लिए ।

२० असोजको खेलमा कुबेतसँग पराजित भएपछि सेमिफाइनल पुग्न समूह चरणका सबै खेल जित्नैपर्ने दबाबमा रहेको नेपाली टोलीको फिल्डिङ गर्ने निर्णय आखिर सही सावित भयो ।
यसअघि साउदी अरेबियालाई सस्तैमा समेट्न कप्तान पारस खड्काले तीन, बसन्त रेग्मीले तीन तथा शक्ति गौचन र भुवन कार्कीले समान दुइ दुइ विकेट लिएका थिए । साउदी अरेबियाका पुछारका व्याट्स्म्यान इफ्तिकर अलिले सर्वाधिक २८ रन तथा ओपनर मोहम्मद मोहसिनले २७ रनको योगदान दिए ।

नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>